कपिलवस्तु, ५ बैशाख । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ ।
बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारी राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
तर, घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोलीबाट छलेकोले फूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन ।
साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस