• शनिबार-बैशाख-६-२०८२

करन जौहरले ४ महिना मै घटाए १७ केजी तौल, अहिले खोले रहस्य

 

मुम्बई, ५ बैशाख । बलिउडका चर्चित फिल्ममेकर करण जोहरले भर्खरै आफ्नो जबरदस्त परिवर्तनले सबैलाई चकित पारेका छन् । 

 

हालै ५२ वर्षको उमेरमा मात्र चार महिनाको मेहनतमा १७ केजी तौल घटाएर लगन र अनुशासनका साथ जुनसुकै उमेरमा फिटनेस हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।

 

करणले इन्स्टाग्राम लाइभमा भनेका छन कि उनले व्यायाम र डाइटिङ गरेर मात्र समस्या कम गरेका हुन् । आफ्नो स्वास्थ्य जाँचका क्रममा करण जोहरले आफ्नो रगतमा चिनीको मात्रामा असन्तुलन भएको पत्ता लगाएका थिए । यसबाट प्रेरित भएर उनले आफ्नो जीवनशैली परिवर्तन गर्ने निर्णय गरे र तौल घटाउने प्रक्रिया सुरु गरे । उनको उद्देश्य राम्रो देखिनु मात्र होइन, स्वस्थ जीवन जिउनु पनि थियो ।

 

करणले आफ्नो आहारमा कार्बोहाइड्रेट र चिनीको मात्रा घटाएर फाइबर युक्त खानेकुरा थप गरेका थिए। र, उनले दिनमा एकपटक मात्रै खाने रणनीति अपनाए, जसले उनलाई तौल घटाउन मद्दत गर्‍यो । व्यायामको रूपमा उनले आफ्नो दैनिक दिनचर्यामा योग, पौडी र प्याडल बलजस्ता गतिविधिहरू समावेश गरेका थिए ।

 

खासमा उनले हप्ताको चार दिन ३० देखि ४० मिनेटको कसरत गरेका थिए, जसमा वजन प्रशिक्षण र पूल कसरत समावेश थियो ।


करण जोहरमाथि तौल घटाउन ओजेम्पिक जस्ता औषधि प्रयोग गरेको आरोप लागेको थियो । तर, उनले यी अफवाहको खण्डन गर्दै आफ्नो परिवर्तन पूर्णतया प्राकृतिक भएको र आफूले कुनै औषधि वा शल्यक्रिया नगरेको पनि स्पष्ट पारेका छन । यो परिवर्तन आफ्नो कडा परिश्रम, सही खानपान र नियमित व्यायामको परिणाम भएको उनी बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस