काठमाडाैं । त्रिभुवन उपकुलपतिबाट केशरजंग बरालले राजीनामा दिएपछि एमाले-कांग्रेस सरकारले रेक्टर र रजिस्टारलाई पनि हटाउन खोजेको छ । उपकुलपति बरालले राजीनामा दिएको झन्डै दुईसाता हुन लाग्दा पनि राजीनामा स्वीकृत नगरेर अन्य पदाधिकारीलाई पनि दबाब दिएको बताइएको छ । त्रिवि स्रोतहरुका अनुसार, एमालेनिकट प्राध्यापकहरुले नै अहिलेका रेक्टर र रजिस्टारलाई पनि हटाउन खोजेका हुन् । रेक्टर खड्ग केसीलाई एमाले प्राध्यापकहरुले सुरुमै रोक्न खोजेका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले केसीलाई नियुक्त गरेका थिए ।
उपकुलपति बराल राजीनामा दिएर हिंडेपछि उनकै सिफारिसमा रेक्टर भएका केसी र रजिस्टार रिजालले आफूहरुले पनि राजीनामा दिएर हिंड्ने कि राजीनामा नदिएर बस्ने भन्ने विषमया सल्लाह गर्न पोखरा पुगेकाे टियु स्राेत बताउछ ।
उपकुलपति बरालको सिफारिशमा केसी र रजिस्टारमा केदार रिजाललाई नियुक्त गरेका थिए । अहिले एमाले र कांग्रेसनिकट प्राध्यापकहरुले सरकारलाई प्रभावमा पारेर पदाधिकारीहरू हटाउन काेसिस गरेका हुन् ।
जसरी पनि उनीहरुलाई हटाउने र आफूहरूले नियुक्ति लिने गरी एमाले निकटका प्राध्यापक संगठनका केही पदाधिकारी सक्रिय भएकाे टियुका प्राध्यापकहरु चर्चा गर्दैछन् । त्यसैले, अहिले उपकुपतिसँगै रेक्टर र रजिस्टारलाई पनि अनौपचारिक दबाब दिइरहेको बताइन्छ ।
उपकुलपति बरालले राजीनामा दिएर हिंडेको ११ दिन वितिसक्दा पनि कुलपति केपी ओलीले उपकुलपतिलाई छलफलका लागि बोलाएका छैनन् । र, राजीनामा पनि स्वीकृत गरेका छैनन् । राजीनामा स्वीकृत गरेपछि निमित्त उपकुलपति रेक्टरलाई बनाउनुपर्ने हुन्छ ।
त्रिवि कानून अनुसार रेक्टर केसी कार्यवाहक उपकुलपति हुने भएपछि एमालेका प्राध्यापकहरू र स्वयम् प्रधानमन्त्री ओलीबाट पनि उपकुलपति बरालको राजीनामा स्वीकृत नभएको बताइएको छ । उनको राजीनामा स्वीकृत गर्नु अघि नै त्रिविका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजाल पनि राजीनामा आओस् भन्नेमा ओलीको प्रतिपक्षा रहेको पनि त्रिवि स्रोतहरुको दावी छ ।
एमाले-कांग्रेस सरकारबाट टियुकाे उपकुलपति, रेक्टर र रजिस्टार हात पार्ने दाउ रचेपछि राजीनामा दिएर पाेखरामा गएर बसेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई भेट्न दुई पदाधिकारी २०८१ चैत १७ गते पोखरा पुगेका थिए ।
उपकुलपति बराल राजीनामा दिएर हिंडेपछि उनकै सिफारिसमा रेक्टर भएका केसी र रजिस्टार रिजालले आफूहरुले पनि राजीनामा दिएर हिंड्ने कि राजीनामा नदिएर बस्ने भन्ने विषमया सल्लाह गर्न पोखरा पुगेकाे टियु स्राेत बताउछ ।
प्रतिकृया दिनुहोस