मुम्बई, २७ चैत । बलिउड अभिनेता सैफ अली खानलाई २०१२ मा एक एनआरआई व्यापारीले कुटपिट गरेको आरोप लागेको थियो ।
यो घटना सैफ अली खान, उनकी श्रीमती करीना कपूरलगायत करिश्मा कपूर, मलाइका अरोरा, अमृता अरोरा र सैफका केही साथीहरू पाँच तारे होटलमा सँगै हुँदा भएको थियो ।
सैफ अली खानकी साथी तथा अभिनेत्री अमृता अरोराले यस मुद्दामा साक्षीको रुपमा बयान दिएकी थिइन् । यसै क्रममा मलाइका अरोरा पनि साक्षीको रुपमा अदालतमा उपस्थित हुनु परेको थियो तर उनी पटक–पटक अदालतमा आइनन् । यसपछि अब उनीविरुद्ध फेरि जमानती वारेन्ट जारी भएको छ ।
यस मुद्दामा अर्को सुनुवाई अप्रिल २९ मा हुनेछ । पहिलो पटक मलाइका अरोरा विरुद्ध फेब्रुअरी १५ मा जमानती वारेन्ट जारी गरिएको थियो तर उनी अदालतमा उपस्थित नभए पछि सोमबार फेरि वारेन्ट जारी गरिएको थियो ।
खासमा यो घटना २२ फेब्रुअरी २०१२ मा एउटा पाँचतारे होटलमा भएको थियो, जहाँ मलाइका अरोरा पनि सैफ अली खान र उनका साथीहरूसँग उपस्थित थिइन् । यसै समयमा एनआरआई व्यापारी इकबाल मीर शर्माले सैफमाथि आक्रमणको आरोप लगाएका थिए ।
रिपोर्टका अनुसार अमृता अरोराले घटनामा बयान दिएकी थिइन् कि जब घटना भयो, उनी र अन्य होटलमा रमाइलो समय बिताइ रहेकी थिइन। यसपछि व्यापारी इकबाल मीर शर्मा त्यहाँ आए र ठूलो स्वरले कराउन थाले । सैफले पनि माफी मागे तर पछि त्यो व्यक्तिले सैफसँग झगडा गर्न थाले ।
यसै क्रममा होटल बाहिर आवाज सुनियो र उनी पनि सैफको कोठामा पसे, जहाँ उनले सैफमाथि हमला गरे । सबैले कुनै न कुनै रूपमा स्थिति शान्त गरेका थिए ।
यस घटनाबारे व्यवसायी इकबाल मीर शर्माले प्रहरीमा उजुरी दिएका थिए । सैफ अली खानले उनलाई धम्की दिएर नाकमा मुक्का हाने जसका कारण उनको नाक भाँचिएको उनको आरोप छ । यसबाहेक इकबालले सैफ र उनका साथीहरूले ससुरा रमन पटेललाई पनि कुटपिट गरेको आरोप लगाएका छन् ।
यस प्रकरणपछि सैफ अली खान र उनका दुई साथीलाई पक्राउ गरिएको थियो तर पछि उनीहरु जमानतमा रिहा भएका थिए । यस घटनामा सैफले आफूसँग उपस्थित महिलाले दुर्व्यवहार गरेको बताएका थिए, त्यसपछि विवाद बढेको जनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस