• बिहीबार-बैशाख-४-२०८२

रौतहटबाट ४ किलो गाँजासहित सुरेन्द्र साह पक्राउ 


रौतहट । रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागूऔषध (गाँजा) सहित एक जनालाई  पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागूऔषध गाँजासहित एकजना मानिसलाई पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा सोही स्थान बस्ने  बर्ष ५० का सुरेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार घर खानतलासी गर्दा साह सुत्ने कोठामा रहेको खाटमुनी झोलामा लागूऔषध (गाँजा) फेला परेका हो । 


लागूऔषधसहित थप अनुसन्धानको लागि रौतहट जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 


 

प्रतिकृया दिनुहोस