• सोमबार-चैत-२५-२०८१

हर्क साम्पाङको व्यङ्ग्य : ‘मेलम्चीको पानी नआए पनि श्रमदान गरेर ल्याउँछु’

 

काठमाडौँ  । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री  केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् । 


उनले भने,‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।’


खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै साम्पाङले आफूले धरानको खानेपानीको समस्या राखेको र समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराए । 


उनले मेलम्चीमा नै पानी नआएकोमा व्यङ्गय गर्दै भने, ‘मेलम्चीको कुरामा पनि म एकदिन श्रमदान गर्न आउँछु, सोचिरहेको छु । मैले श्रमदान गरेपनि म ल्याउँछु फेरी,म चाहिँ त्यस्तो हो । गर्छु भनेपछि गर्छु । कोसिस गर्दा गर्दै ज्यान गएपनि जाओस् ।’
 

 

प्रतिकृया दिनुहोस