• मंगलबार-चैत-२६-२०८१

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

 

काठमाडौँ, २४ चैत  : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । 

 

आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताउनुभयो । 

 

नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । 
---

 

 

प्रतिकृया दिनुहोस