काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन ।
संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी हुसेनले व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा प्रथम उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन ।
तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसेन व्यवसायी माझ परिचित पुराना मेनपावर व्यावसायी हुन् । स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएका हुसेन अघिल्लो कार्यसमितिमा द्वितीय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।
संघलाई पार्टीमुखी नभई व्यवसायीमुखी बनाउनुपर्छ भन्ने मान्यता राख्ने हुसेन संघको ३२ बर्षको इतिहाँसमा राजनैतिक पार्टीले व्यवसायीलाई दुःख बाहेक केही नदिएकोले त्यसलाई चिर्न स्वतन्त्ररुपमा उमेदवारी घोषणा गरेको बताउँछन ।
आगामी कार्यकालका लागि संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओडेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै प्रथम उपाध्यक्ष पदमा उमेदवारी दिएको उनले बताए ।
वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत हुसेन बताउँछन् । संघको पदमा नहुँदा पनि डिजिटल प्रतिकारको अवधारणा ल्याएर व्यवसायीलाई सोसलाइज, सुरक्षित र एकीकृत गराउन सकेकोले अव यो व्यवसायलाई सम्मानित बनाउन आफ्नो उमेदवारी दिएको हुसेनले बताए ।
व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित हुसेनकोे उमेदवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुसी व्यक्त गरेका छन ।
संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजितकुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उमेदवारी घोषणा गरिसकेका छन । हुसेनलाई स्वतन्त्र ब्याबसायीहरु र तराई वैदेशिक रोजगार समाजले समर्थन गरेका छ्न । हुसेनले आफू व्यवसायीको सही मागहरु लिएर ब्याबसायीमाझ गएको र सबै व्यवसायीले साथ दिने वचन दिएको बताए ।
प्रतिकृया दिनुहोस