• बुधबार-चैत-२०-२०८१

आईपिएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

 

काठमाडौं, १९ चैत । बलरको उत्कृष्ट प्रदर्शनका आधारमा मुम्बई इन्डियन्सले १८औं सिजनमा पहिलो जित दर्ता गरेको छ । 

 

सोमबार वानखेडे रंगशालामा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको केकेआर ११६ रनमा सिमित भएको थियो । मुम्बईले १३ औं ओभरमा नै आफ्नो लक्ष्य पुरा गर्न सफल भएको थियो ।


मुम्बईबाट आईपीएल डेब्यू गरेका तीब्र बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दिपक चाहरले २ विकेट लिए । ब्याटिङमा रायन रिकेल्टनले ५० रन बनाए भने विल ज्याकले ३० रन बनाएका थिए । कोलकाताका अङ्क्रिश रघुवंशीले २६ रन बनाएका छन् । टोलीका आन्द्रे रसेलले दुवै विकेट लिन सफल भए ।

 

टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा परेको थियो ।
 

प्रतिकृया दिनुहोस