• बुधबार-चैत-२०-२०८१

आजको मौसम : गण्डकी प्रदेशमा हिमपात र बर्षा हुने

 

काठमाडौं, १९ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा  रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको छ ।

 

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भू–भागमामा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राति भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भु–भागमामा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस