काठमाडौं । २०८१ चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरले जन प्रदर्शन गरेका थिए । सो कार्यक्रममा गरिएको फोहोर, आगजनी, तोडफोड, काठमाडौं महानगरपालिकालाई सडकमा पु¥याएको क्षतिलाई लिएर मेयर बालेन्द्र शाह र पूर्वराजा ज्ञानेन्द्र शाह आमने सामनेको स्थितिमा पुगेका छन । काम देखाउन महानगरले २०८१ चैत १६ गते शनिबार अफिस खोलेर तयार गरि पूर्वमहाराज ज्ञानेन्द्र शाहका नाउँमा पठाएको चिठी निर्मल निवासका गार्डले हाम्रो संलग्नता र सरोकार नभएको विषय परेछ । जसको संलग्नता त उतै बुझाउनु भनेर पत्र लिएर जानेलाई फर्काइ दिएछन् । काठमाडौं जिल्ला प्रशासनले कसका नाउँमा सभास्थलको अनुमति दिएको थियोे बुझ्नु पनि भनेछ ।
महानगरले चैत १५ गते शुक्रवार तीनकुनेमा दुर्गा प्रसाईं समूहद्वारा आयोजित प्रदर्शनमा गरिएको क्षतिलाई लिएर पूर्व राजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेपछि उनीहरु दुवै ‘बादशाह’ आमने सामने हुन पुगेको अर्थमा हेरिएको छ । महानगरले प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर माथि उल्लेखित रकम जरिवाना तोकेको बताइएको छ ।
संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई मेयर शाहले हाजिर नगराएर सिंगोरी खेल्दै आएका छन् । जसले गर्दा तीन महिनादेखि महानगर र मातहतनिकायमा कार्यरत चारसय कर्मचारीले तलब नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । पूर्वराजा शाहले पनि गद्दीमा फर्किने मनसाय राखेर केही समूहलाई उचालेर आन्दोलन मच्चाउँदा चैत १५ गते एकजना पत्रकार र एक आन्दोलनकारीले अनाहकमा ज्यान गुमाउने परेको थियो ।
चैत १६ गते शनिवार महानगरका मेयर शाहको निर्देशनमा पूर्व राजा ज्ञानेन्द्रको नाममा पत्र लेखेर ९ वटा शीर्षकमा पत्रचार गरेको थियो । जसले गर्दा उनी हिम्मतिला र आँटिला मेयरको परिचय थप्न सफल भएका छन् । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनकोक्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै पूर्व राजालाई महानगरले २०८१ चैत १७ गते निर्मल निवासमा नै पत्र पठाए पनि महानगर टोली हिस्स परेर फर्केको छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीसहित दर्जनौ प्रदर्शनकारीहरु घाइते भएका थिए ।
राजतन्त्रवादी समर्थकहरू उग्र बन्दा चैत १५ गते दिनभर तीनकुने क्षेत्र तनावग्रस्त हुन पुगेको थियो । साँझ स्थानीय प्रशासनले कफ्र्यूसमेत जारी गर्नु परेको थियो । रोचक विषय त के छ भने ९ वटै शीर्षका ८ पत्र पूर्व राजा ज्ञानेन्द्र शाहकै नाममा किटान गरेर काटिएको थियो । महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षकहरु यस प्रकार रहेका छन । कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको भन्दै रु. १ लाख जरिवाना । कोटेश्वरकै महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको थप रु. १ लाखको माग गरेको छ ।
महानगरले तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको भन्दै रु १ लाख, जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको भन्दै पुन सोही रकम बरवार जरिवानाको मागसहित पत्र पठाएको छ । महानगरले ललितपुरस्थित बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको र काठमाडौंका सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको भन्दै एक–एक लाख रुपैयाँ जरिवानाको लागि निर्मल निवासमा पत्रचार गरेको छ ।
महानगरले सातौ नम्वर बुँदामा महानगरको दमकल फुटाएको भन्दै १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार र आइल्याण्डमा तोडफोड गरेको भन्दै रु. २३ हजार जरिवाना सहितको पत्र पूर्व राजाको निर्मल निवासमा पत्र पठाएको थियो, तर निर्मल निवासले मूल ढोकाबाटै महानगरको टोलीलाई फिर्ता गरेको छ । (साँघु साप्ताहिक, २०८१ चैत १८)
प्रतिकृया दिनुहोस