• बुधबार-चैत-२०-२०८१

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

 

काठमाडौं । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् ।

 


कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो । यसअघि दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै शव लिन परिवारले अस्विकार गर्दै आएको थियो ।

 

 

तर, आज उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको जनाइएको छ ।

 


उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका सहयोगी राजेन्द्र बानियाँले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस