• मंगलबार-चैत-१९-२०८१

वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौँ, १८ चैत : वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा चैत १७ गते  साँझ निधन भएको छ ।

 

    केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा  उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो ।

 

    कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।

 

पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा( एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस