• मंगलबार-चैत-१९-२०८१

पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा

 

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन् ।

 

महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णय हास्यास्पद भएको बताएका हुन् ।

 

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु,' उनले लेखेका छन् ।

 

उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ । अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाप्रति पनि आपत्ति जनाएका छन् ।
 

 

 

प्रतिकृया दिनुहोस