• आइतबार-चैत-१७-२०८१

राजतन्त्र पक्षधर दुर्गा प्रसाईको आन्दोलनमा  राप्रपा-लिङ्देन समूह निषेध !?

अध्यक्ष लिङ्देन र महामन्त्री शाहीवीच भनाभन...

 राजतन्त्र पक्षधर औपचारिक रुपमा विभाजित हुने अवस्थामा पुगेका छन् । राजतन्त्रको पक्षमा राजनीतिक माहोल बन्न लागेको बेलामा उनीहरु विभाजित हुने लागेका हुन् ।

पूर्वपञ्च नवराज सुवेदी र नव राजतन्त्रवादी पक्षधर दुर्गा प्रसाईको औपचारिक रुपमा एउटा टीम बनेको हो । अनि राप्रपाको अर्को समूह बनेको अवस्था छ । यी दुवै समूह फरक फरक आन्दोलनमा देखिन लागेका छन् । 

‘राजा पक्षधर’ किन भए तितरबितर ?

माओवादी, एकीकृत समाजवादी र नेकपाको संयुक्त गणतान्त्रिक आन्दोलनलाई काउन्टर गर्न सुवेदी र प्रसाईले आन्दोलन घोषणा गरेका छन् । २०८१ चैत १५ गते उनीहरु दुवै सडकमा देखिन लागेका हुन् । माओवादीसहितका दलहरुले सडकमा गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय गरेलगत्तै प्रसाईले काउन्टर गर्ने नीति लिएका छन् । 


 उनको समूहले पनि १५ गते नै सभा गर्ने निर्णय लियो । तर, प्रसाईको यो आन्दोलन र सभालाई भने राप्रपा र उनीहरु निकटले प्रसाईको राजतन्त्र पक्षधर आन्दोलनलाई साथ नदिने बताएका छन् ।

 

राप्रपाले चैत २५ गते छुट्टै आन्दोलन गर्ने निर्णय लिएको छ । उक्त दिनपछिको आन्दोलन भने निरन्तर  हुने र साे अनिश्चितकालीन आन्दोलन हुने दावी  गरेको छ ।


  राप्रपाको यो आन्दोलनमा भने राप्रपाका नेताहरुसमेत विभाजित भएका छन् । धवलशमशेर राणा, रविन्द्र मिश्र, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहितका नेताहरु भने राप्रपाको आन्दोलनभन्दा दुर्गा प्रसाई र नवराज सुवेदीको आन्दोलनको पक्षमा खुल्ला रूपमा देखिएर देश दर्शन  अभियानमा लागेका छन् । तर, राप्रपाका राजेन्द्र लिङ्देनसहितक केही नेताहरुमात्रै फरक आन्दोलनको पक्षमा देखिएका हुन् । 


 महामन्त्री कुन्ति शाहीहरुसहितको टोली पनि अहिले अध्यक्ष लिङ्देनको विपक्षमा देखिन थालेका छन् । त्यसैले, राजतन्त्र पक्षधरहरुको आन्दोलनमात्र विभाजित भएको छैन, राप्रपासमेत विभाजित हुने अवस्थामा पुगेको छ । राप्रपाको हालैको कार्यसम्पादन बैठकमा पनि अध्यक्ष लिङ्देन र महामन्त्री शाहीवीच भनाभन भएको सार्वजनिक भएको छ । 
 

प्रतिकृया दिनुहोस