ज्ञानेन्द्र शाहीको आरोप - 'कुलमानसँग प्रचण्डले टीआरसी साटे'

काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि गम्भीर आरोप लगाएका छन् ।
भर्खरै सम्पन्न मन्त्रीपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन ः
‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न्
टीआरसीसगँ कुलमान पो साटेछन’
उनी अगाडि लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टीआरसी विधेयक हुबहु पास गराउने सहमति पो भएछ । बधाई छ, कमरेड प्रचण्ड’
मन्त्रीपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालीन न्यायसबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।
सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो । घिसिङकाे स्थानमा हितेन्द्र शाक्य नियुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस