• शुक्रबार-चैत-१५-२०८१

'संक्रमणकालीन न्याय' टुंग्याउन सर्च कमिटी गठन गरिने

 

काठमाडौं । तीन दलको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउन सर्च कमिटी गठन गरिने भएको छ । सिंहदबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र सो छलफलले सर्च कमिटी गठन गर्न सहमति भएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले जानकारी दिए ।

 

‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्ने भएको छ,’ बैठक पछि उनले भने ।

 

यसैगरी, बैठकमा सहभागी गृह मन्त्री रमेश लेखकले बैठक पछि भने, ‘आज संक्रमणकालीन न्यायको बिषय अगाडी बढाऊन दुबै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता बिच सहमती भएको छ। अब सरकारले चाडै सिफारिश समिति गठन गर्नेछ।’

 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसेकाे हाे ।  संक्रमणकालीन न्यायसबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको थियो ।

 

बैठकमा नेकपा एमालेका तर्फवाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसवाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका थिए ।
 

प्रतिकृया दिनुहोस