काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि अबरूद्द भएको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ ।
बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।
प्रतिकृया दिनुहोस