काठमाडौं, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा कर्णाली र बागमतीबीच तीनवटा खेल हुँदैछन् ।
मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुनेछ भने लुम्बिनी र एपीएफबीचको खेल तिलोत्तमाको एक्स्ट्राटेक ओभल, रूपेन्देहीमा हुनेछ ।
उता, कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ । तीनैवटा खेल विहान ९ बजेदेखि सुरू भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतिकृया दिनुहोस