• बुधबार-चैत-१३-२०८१

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । 


अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

 

यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा   संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरु तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तक्र्रिया तथा छलफल गर्ने कार्यसूची छ । 

 

साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल,गर्ने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । समितिको  बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस