• शुक्रबार-बैशाख-२६-२०८२

मस्ककी छोरी भन्छिन्, 'थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?'

 

टोकियो, १० चैत । उद्योगपति एलन मस्क प्रायः हेडलाइनमा रहन्छन् । तर, हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् । यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् ।

 

लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको खुलासा गरेकी थिइन् । यस सम्बन्धमा जब भिभियनलाई उनका भाइबहिनीको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘म आफैंलाई थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’

 

विभियन विल्सन एलोन मस्क र उनकी पूर्व पत्नी जस्टिन विल्सनको पहिलो सन्तान हुन् । भिभियनको जन्म सन् २००४ मा भएको थियो र उनी जन्मदा केटाको रूपमा रहेका थिए । त्यो बेला उनको नाम जेभियर मस्क थियो तर जब सन् २०२२ मा भिभियनले आफू ट्रान्स भएको घोषणा गरिन् र कानुनी रूपमा आफ्नो लिङ्ग र नाम पनि परिवर्तन गरिन् ।

 

भिभियन हाल जापानको टोकियोमा बस्छिन् । भिभियनले हालै ‘टिन भोएज’ सँगको अन्तर्वार्तामा धेरै ठूला खुलासा गरेका छन् । भिभियन २० वर्षकी भएकी छिन् । भिभियनको आफ्नो बुबा मस्कसँग धेरै नजिकको सम्बन्ध छैन । उनले अन्तर्वार्तामा आफू आर्थिक रूपमा एलोन मस्कमा निर्भर नभएकोसमेत बताएकी छिन् । उनले विगत ५ वर्षदेखि पिता मस्कसँग कुरा नगरेकोसमेत खुलासा गरेका छिन् ।

 

भिभियनले एलोन मस्क र उनका बच्चाहरूको बारेमा टिप्पणी गरेका थिइन् । उनले भनिन्, ‘म भन्छु कि मलाई साँच्चै थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ।’ उनले आफ्नो परिवारको सदस्यका बारेमा पनि जानकारी नभएकोसमेत बताएका छन् । जसरी इलन मस्कको सन्तान भएको कुरा सारा संसारलाई थाहा हुन्छ, त्यसैगरी सामाजिक सञ्जाल र समाचारका माध्यमबाट उनलाई पनि थाहा हुन्छ, तर औपचारिक रूपमा आफू जानकार नभएको उनले दावी गरेकी छिन् ।

 

उनका बुबा संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भए पनि भिभियन भने उनीसँग कुनै सम्बन्ध राख्न चाहँदैनन् । उनले यो पनि स्पष्ट गरिन् कि उनी सधैं बढ्दो मस्क परिवारको उनी सम्बन्धलाई कायम राख्न पनि कुनै चासो राख्दैनन् ।

 

उनका छोराले लिङ्ग परिवर्तन गरे पछि मस्क उनीसँग रिसाएका थिए । कतिसम्म भने क्यार्लिफोनियाको एक अदालतमा उभिएर भिभियनले आफ्नो पिता मस्को मृत्यु भएको घोषणासमेत गरेका थिइन् । खासमा, मस्क छोराले लिङ्ग परिवर्तन गर्ने निर्णयको सदैब बिपक्षमा उभिँदै आएका थिए । 

 

कतिसम्म भनिन्छ भने राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सपथमा नै अमेरिकामा २ वटा लिङ्ग मात्रै भएको घोषणा गर्नुमा मस्कको ठूलो हात रहेको विश्वास गरिन्छ । किनभने, उनी घरमा छोराको ब्यावहारबाट निकै प्रताडित थिए । जसको कारण उनले ट्रम्पमार्फत ‘ट्रान्सजेन्डर’ को बिपक्षमा अमेरिका रहेको भन्ने पूर्ववत नीति नै परिवर्तन गराए ।
 

प्रतिकृया दिनुहोस