• शुक्रबार-बैशाख-२६-२०८२

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

 

आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा उक्त बैठक बस्ने कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।


कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
 

 

प्रतिकृया दिनुहोस