• आइतबार-चैत-१०-२०८१

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

 

चितवन : खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो । 

 

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उहाँले जानकारी दिँदै उहाँले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् ।

 

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।

प्रतिकृया दिनुहोस