• सोमबार-फाल्गुण-२६-२०८१

विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक- मन्त्री यादव

 

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् ।

 

आज वीरगञ्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूका चाहना, आकांक्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । उनले भने, “विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।”

 

कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरूक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैं तयार रहेको मन्त्री यादवले बताए ।

 

विद्यार्थीहरूका समस्या समाधान गर्न जनता समाजवादी पार्टी सहित आफु व्यक्तिगत रुपमा सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले भने, “तपाईहरुका समस्या समाधानका लागि जसपा तयार छ । तपाईहरुलाई के सहयोग गर्नु पर्छ खुलेर जानकारी गराउनु होला । समस्या समाधानका लागि हामी सधै तयार रहेको छौँ ।”

 

वीरगञ्जको ठाकुराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गरिने समेत मन्त्री यादवले विश्वास दिलाए । उनले भने, “टयुबेलको व्यवस्था गरेर भएपनि यस क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु, यो मेरो प्रतिवद्धा भयो ।” क्याम्पसका जिर्ण रहेका भौतिक संरचनाहरुको पुर्न: निर्माण गरीने समेत उनले जानकारी दिए । ठाकुराम क्याम्पसमा बिद्यार्थी सँगसँगै कर्मचारीहरु पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनु पर्नेमा मन्त्री यादवले जोड दिए । उनले भने, “क्याम्पसका कतिपय कर्मचारीहरु रजानीति गर्ने नेताका रुपमा प्रस्तुत हुने गरेका छन् । त्यो गलत हो । कर्मचारीले राजनिती गर्नु हुँदैन ।”

 

क्याम्पसमा बैज्ञानिक शिक्षा प्रणाली लागु हुनु पर्ने मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस–राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गरे ।
 

प्रतिकृया दिनुहोस