काठमाडौं, फाल्गुण २६ गते, २०८१ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा निम्न विशेष छुटहरू प्राप्त गर्नेछन्:
औषधिमा ५% छुट
प्याथोलोजी परीक्षणमा १०% छुट
डाक्टर परामर्शमा ५०% सम्म छुट
बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीप्रति प्रोत्साहित गर्न तथा नगद कारोबार घटाउन यस प्रकारका सुविधाहरू उपलब्ध गराउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट तथा सुविधाहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।
सिटिजन्स बैंकको नवीन डिजिटल सेवा विस्तार
हालै, बैंक अफ द ईयर २०२४ को प्रतिष्ठित उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले केही समयअघि मात्र नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा CRN नम्बर सेवा लिन सकिने सुविधा पनि प्रारम्भ गरिएको छ।
देशभर ६० जिल्लामा १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहक लाई सेवा दिँदै आएको सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न निरन्तर नयाँ योजनाहरू ल्याइरहेको छ।
प्रतिकृया दिनुहोस