• सोमबार-फाल्गुण-२६-२०८१

गलत आरोप सह्य हुँदैन भन्दै शंकरदेवका स्ववियु सभापतिले च्याते रजिष्टर

 

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन् ।

 

क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन् ।

 

'म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु । तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो । यस्तो गलत आरोप सह्य हुँदैन,' उनले भने ।

 

उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे । माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस