• सोमबार-फाल्गुण-२६-२०८१

काठमाडौँमा प्रदूषण बढ्यो, विश्वको सबैभन्दा बढी प्रदूषित सहर भियतनामको राजधानी हनोई

 

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदूषण बढेर काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।

 

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको छैटौं प्रदूषित सहरका रूपमा सूचीकृत भएको हो । यो समाचार तयार गरुन्जेल काठमाडौँको वायु प्रदूषण १५८ एक्युआई पुगेको छ ।

 

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सूचीकृत भएको छ । हनोईको प्रदूषण २०५ एक्युआई पुगेको छ । त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ । त्यसैगरी इरानको तेहरान चौथो तथा  बङ्गलादेशको ढाका पाँचौं रहेको छ । अहिले काठमाडौँको प्रदूषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ ।

 

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस