• सोमबार-फाल्गुण-२६-२०८१

युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

 

काठमाडौँ । नेपालले युगाण्डालाई पराजित गरेको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो ।

 

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।  

 

यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
  

प्रतिकृया दिनुहोस