• मंगलबार-फाल्गुण-२०-२०८१

नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन

 

काठमाडौँ ।  नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् । 

 

जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।

 

पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

 

८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । 

 

 

प्रतिकृया दिनुहोस