• मंगलबार-फाल्गुण-२०-२०८१

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ 

 

सिरहा । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई  पक्राउ गरेको हो । पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

 

उनका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएका थिए, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो । पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन् । तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ ।

 
यता,इलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु सोतिले आफू नीर कुनै पनि महिलाले आफ्नो जवान बिरुद्ध जाहेरी लिएर नआएको बताए । आफ्नै इलाकाको प्रहरी जवान भएपनि अनुसन्धामा सहयोग पुर्याएको सोतिको दाबी छ । 

 

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए । हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


यता, पीडित महिलाले प्रहरीलाई ब्लैकमेल गर्न खोजेको आरोप लगाइएको छ । एक प्रहरीसँग नै मुद्दा हाल्नुभन्दा अगाडी एक छिन सोच्न दिनुस भनेर भनेकी ती महिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताईएको छ । 

 

म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सिरहा ल्याउदा थुनुवा कोठा सम्म हातमा हात हालेर हिडेको देखिएको प्रहरी नविन यादवका एक आफन्तले बताए ।
 

 

प्रतिकृया दिनुहोस