• शनिबार-फाल्गुण-१७-२०८१

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं । २०८१ फागुन १६ गते शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको छ । त्यस्तै भूकम्पका कारण ३ परिवार विस्थापित भएका छन् । भूकम्पबाट ६ जना सामान्य घाइते भएका छन् ।   

 

भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

 

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ । 

 

प्रहरीले आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस