• शनिबार-फाल्गुण-१७-२०८१

बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष - मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

 

बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नाडुबाउन आग्रह गरेका छन् । उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यू , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!'

 

बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टी-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन् ।

 

   

प्रतिकृया दिनुहोस