• शुक्रबार-फाल्गुण-९-२०८१

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस भिड्दै


झापा । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । 


१६ गतेसम्म मेची रंगशाला भद्रपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको दार्जिलिङ पुलिस एफसी भारत र घरेलु टोली भद्रपुर ब्लेजर्स भिड्ने भएका छन् ।


यो संस्करणको गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।


यस्तै, तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन् । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद सात लाख, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
 

 

 

प्रतिकृया दिनुहोस