• शनिबार-फाल्गुण-३-२०८१

क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक


काठमाडौँ, ३ फागुन : क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ ।

    सिनामङ्गलस्थित एभिएसन म्युजियममा फागुन २ गते  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक विमोचन गर्नुभएको हो । नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेबारी निर्वाह गर्नुभएका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाईलाई पुस्तकमा समावेश गर्नुभएको छ ।

 

    सो अवसरमा पर्यटनमन्त्री पाण्डेले उप्रेतीको कृतिले नयाँ सिर्जनाको थालनी गरेको बताउनुभयो । एभिएसन म्युजियमले पनि धेरै सम्भावनाको ढोका खुलेको उहाँले उल्लेख गर्नुभयो । पर्यटनमन्त्री पाण्डेले अथाह पर्यटकीय सम्भावना भएको नेपालको पर्यटन प्रवर्द्धनका निम्ति यस्ता सङ्ग्रहालय उपयोगी हुने बताउनुभयो ।

 

     क्याप्टेन उप्रेतीले आफ्नो पाइलट जीवनका भोगाई र अनुभवलाई समेटिएको कृतिले पाइलट अध्ययन गर्न चाहने विद्यार्थीकालागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उडान क्षेत्रको जोखिम र साहसिक कामका साथै जीवनका विभिन्न भोगाइलाई कृतिमा समेटिएको उहाँले बताउनुभयो ।
---

 

प्रतिकृया दिनुहोस