काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो ।
विश्वकर्मालाई जिल्ला अदालत भक्तपुर पठाइएको छ । बस्नेतका अनुसार विश्वकर्मा संलग्न बैंकिङ कसुरको अर्को मुद्दा ललितपुरमा छ । उनीविरूद्ध ललितपुर परिसरले अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । उक्त कसुरमा विश्वकर्मालाई २२ लाखको बिगो छ ।
यस्तै, विश्वकर्मालाई १२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दामा वृत्त स्वयम्धुले पक्राउ पुर्जी लिइसकेको छ ।
प्रतिकृया दिनुहोस