काठमाडौँ, २८ माघ : प्रेस चौतारी नेपाल, रासस शाखाको अध्यक्षमा कुमार अभिनव सर्वसम्मत चयन हुनुभएको छ । रासस शाखाको पाँचौँ अधिवेशनबाट अध्यक्षमा अभिनव, उपाध्यक्षमा कुम्भराज राई, सचिवमा कमला पौडेल, सहसचिवमा सीता अर्याल, कोषाध्यक्षमा मुनादेवी भण्डारी चयन हुनुभएको हो ।
यस्तै, सदस्यहरूमा सुमित्रा अधिकारी, सीता भट्टराई, ओमप्रकाश बोहरा र सुष्मा बस्नेत रहनुभएको छ । शाखाले केन्द्रीय प्रतिनिधिका लागि मधु शाही र शरद् शर्मालाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा अभिलाषा पोखरेल, तिलक भुसाल र शर्मिला पाठकलाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै चौतारी केन्द्रका उपाध्यक्ष राजेश राईले प्रेस स्वतन्त्रता संरक्षण र सम्बद्धन गर्न सङ्गठन निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्दै रासस शाखाले सदा श्रमजीवी पत्रकारको हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज मोहन बास्तोला र प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष प्रकाश सिलवालले श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम भइरहेको बताउनुभयो । विसं २०६७ चैत ३ गते रासस प्रतिष्ठान शाखाको स्थापना भएको थियो ।
---
प्रतिकृया दिनुहोस