• सोमबार-माघ-२८-२०८१

महाकुम्भ जान तीर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटना : ३६ घाइते, ६ जनाको अवस्था गम्भीर

 

भेरीगङ्गा (सुर्खेत), २७ माघ : सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । 

 

रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उहाँहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।  

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उहाँहरूको पहिचान हुन बाँकी रहेको बताउनुभयो । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 
---

 

 

प्रतिकृया दिनुहोस