• सोमबार-माघ-२८-२०८१

बुढानीलकण्ठस्थित एक घरमा प्रहरीको छापा, केही व्यक्ति पक्राउ

 

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

 

अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो । छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैं आइतबार बेलुका बुढानिलकण्ठ पुगेका थिए ।

 

अधिकारीका अनुसार शंकास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो । यसक्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए । ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ ।’

 

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए । अधिकारीले के-कति व्यक्ति पक्राउ परेको र के-कस्तो विवरण हो यसबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए ।

 

प्रतिकृया दिनुहोस