बनियानी, २६ माघ:झापाका चार स्थानमा सशस्त्र प्रहरी बलका भवन निर्माण भएका छन् । भद्रपुर र काँकडभिट्टामा सीमा सुरक्षा गुल्म तथा महेशपुर र ज्यामिरगढीमा बोर्डर आउट पोस्ट (बिओपी) का निम्ति ती भवन निर्माण भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख प्रहरी उपरीक्षक कविन्द्र राईका अनुसार रु चार करोड ६५ लाख ५६ हजार छ सय ७४ को लागतमा ती भवन निर्माण भएका हुन् ।
मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी रु एक करोड ३९ लाख ९ हजार चार सय २६ को लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
यसैगरी, भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी रु एक करोड ३१ लाख ३७ हजार तीन सय ३३ को लागतमा सुरक्षा गुल्मका निम्ति भवन निर्माण गरिएको हो ।
मेचीनगर–१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा रु एक करोड १३ लाख ८१ हजार ४०३ र सोही वडाको ज्यामिरगढीस्थित अर्को भवन बनाइएको हो ।
–––
प्रतिकृया दिनुहोस