• शनिबार-माघ-२६-२०८१

नेपाल र कंबोडियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

 

बैंकक । नेपालका गैरआवासीय राजदूत एच.ई. धन बहादुर ओलीले ७ फेब्रुअरी २०२५ मा कंबोडियाका प्रधान मन्त्री एच.ई. सम्देच मोहा बोरवर थिपादेई हुन मानेटलाई शिष्टाचार भेट गर्न शान्ति महल, नोम पेन्ह पुगेका थिए।

  शिष्टाचार भेटमा कंबोडियाका प्रधान मन्त्रीले राजदूत ओलीलाई बधाई व्यक्त गर्दै दुई देश बीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे र व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रहरूमा द्विपक्षीय संयन्त्रलाई सक्रिय गर्दै सम्बन्धलाई अझ मजबुत बनाउनका लागि इच्छा व्यक्त गरेका छन् ।

 

उनले यस कार्यकालको अवधिमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन राजदूत ओलीलाई आफ्नो सम्पूर्ण समर्थन पनि प्रदान गर्ने आश्वासन दिएकाे बैंककस्थित नेपाली राजदूतावासले जानकारी दिएकाे हाे ।

 

 त्यस अघि राजदूत ओलीले कंबोडियाका कूल्ट्स र रिलिजन्स मन्त्री एच.ई.  छाय बोरिन, कंबोडियाका विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव राज्य एच.ई.  उन खांग, एशिया-प्रशान्त क्षेत्रको महानिर्देशक एच.ई. छाय माकरा, र कानूनी, कन्सुलर र सिमाना मामिला विभागका महानिर्देशक एच.ई. थो समनाङसँग पनि शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षहरूमा छलफल भएको थियो।

प्रतिकृया दिनुहोस