• मंगलबार-माघ-२२-२०८१

लागूऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली, एकजना घाइते

 

काठमाडौं । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ । कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो ।

 

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् । उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ ।

 

‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने । यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए ।

 

 

प्रतिकृया दिनुहोस