• मंगलबार-माघ-२२-२०८१

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ, २२ माघ : स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ । 


आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।
–––

 

प्रतिकृया दिनुहोस