• मंगलबार-माघ-२२-२०८१

स्याङ्जामा स्कारपिओ दुर्घटना, पाँच जना घाइते

 

काठमाडौं । स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

 

प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो । वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो ।

 

दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन् ।

 

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस