• सोमबार-माघ-२१-२०८१

लोकतान्त्रिक मगर संघको कोशी प्रदेश अध्यक्षमा बोधबहादुर

 

बिराटनगर, २१ माघ । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मगर संघ, कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ ।

 

गाईघाटस्थित होटेल टाउन हलमा आईतबार सम्पन्न अधिवेशनले बोधबहादुर थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । 

 

नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापाको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनबाट प्रदेश उपाध्यक्षमा कमला मगर, र मौसम मगर सचिवमा विरेन्द्र मगर, उपसचिवमा कमल बहादुर मगर र चिडामणी पुलामी मगर चयन भएका छन ।


त्यसैगरी सदस्यहरुमा चन्द्रकला मगर, बिष्णु कुमार पुलामी मगर, सागर थापा मगर, सुख बहादुर मगर, चिनत्र बहादुर मगर, रमा मगर, शिव थापा मगर, रहेका छन । 


अधिवेशनले कोशी प्रदेशका मगर समुदायको हकहित संरक्षण र सामाजिक, सांस्कृतिक विकासका लागि थप क्रियाशील भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमा मगर समुदायको सशक्तिकरण र प्रगतिका लागि विशेष प्रस्तावहरूसमेत पारित गरिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस