अमेरिकी बिदेश मन्त्रीकाे पहिलाे भ्रमण पनामाबाट, नामा नहर चीनको नियन्त्रणमा हुन नहुनेमा जोड
वासिंगटन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामाका राष्ट्रपतिसँग भेटघाट गरेका छन् । सो क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चीनको प्रभाव र नियन्त्रणबारे पनामालाई चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उनले भने, अमेरिकाबाहेक अरूको भुमिका अस्वीकार्य रहेको छ । उनले पनामा नहरमा नियम परिवर्तन भए अमेरिकाले आवश्यक कदम चाल्नेसमेत बताएका छन् । रुबियोले पनामा सिटीमा पनामाका राष्ट्रपति जोसे राउल मुलिनो र विदेशमन्त्री जाभियर मार्टिनेजसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोतर्फवाट चिन्ता व्यक्त गरेको सन्देश दिएका थिए।
‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान स्तरको प्रभाव र नियन्त्रणलाई खतरामा पार्ने प्रारम्भिक निर्णय गर्नुभएको छ,’ राज्य विभागका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भने। रुबियोले वर्तमान अवस्था अस्वीकार्य र तत्काल परिवर्तन नभएको स्पष्ट पारेनन मात्रै, संयुक्त राज्य अमेरिकाले पनामाको स्थायी तटस्थता र सञ्चालनको सन्दर्भमा सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्न आवश्यक रहेकोसमेत जनाए ।
रुबियो अमेरिकी उच्च कूटनीतिज्ञको जिम्मेवारी सम्हाले पछि पहिलो पटक पनामा पुगेका हुन् । समाचार अनुसार रुबियोको मध्य अमेरिकाका राष्ट्रहरू पानामा, एल साल्भाडोर, कोस्टारिका, ग्वाटेमाला र डोमिनिकन गणतन्त्र मध्ये पनामा भ्रमण गर्ने छनौट एक जानाजानी छनोट थियो। अमेरिकी विदेशमन्त्रीका रूपमा रुबियोको यो पहिलो विदेश भ्रमण हो । उनको भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको सञ्चालन माथिको नियन्त्रण अमेरिकालाई फिर्ता गर्नुपर्ने मागसहित छिमेकी राष्ट्र र सहयोगीमाथि दबाब बढाइरहेका छन् ।

प्रतिकृया दिनुहोस