काभ्रेमा एमालेको ‘जरा अभियान’
काभ्रेपलाञ्चोक, २० माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा आज बनेपामा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको छ ।
पार्टीको चौथो पूर्ण बैठकले आजदेखि 'जरा अभियान' सञ्चालन गर्ने निर्णय गरेअनुसार जिल्लास्थित पार्टीका नेता–कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई तथा पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले अभियान केन्द्रित प्रशिक्षण दिनुभएको थियो ।
त्यस अवसरमा इन्चार्ज भट्टराईले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिनुभयो । जिल्ला इन्चार्ज बाँस्कोटाले एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको र सोही खाकाअनुसार बजेट विनियोजन तथा नागरिकको पक्षमा थप केन्द्रित रहन आग्रह गर्नुभयो ।
पार्टीका जिल्लाध्यक्ष राजन भुर्तेलले अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र सङ्गठित सदस्य नवीकरण, जनसङ्गठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने बताउनुभयो । अभियान आगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने छ ।
---

प्रतिकृया दिनुहोस