नाैजना सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ, २०८१ माघ २० । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८१ माघ १५ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका नाै जना कर्मचारीलाई सम्मानपूर्वक दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
यो सम्मानजनक अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण पौडेलले २०८१ माघ २० गते सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उक्त चिन्ह प्रदान गरेका छन्।
सशस्त्र प्रहरी संगठनकाे स्वास्थ्य समूहका लागि यो एक महत्वपूर्ण क्षण हो, जसले कर्मचारीहरूको उत्साहवर्धन र प्रतिबद्धतामा थप योगदान पुर्याउने अपेक्षा सशस्त्र प्रहरी संगठन प्रधान कार्यालयबाट गरिएको छ।
अब बढुवा भएका नाै जना अधिकृतहरूले आफ्नो कार्यक्षेत्र(स्वास्थ्य)मा अझ बढी जिम्मेवारीका साथ काम गर्नेछन् भन्ने अपेक्षा पनि गरिएकाे छ ।
यस्ताे बढुवा र दर्ज्यानी चिन्हको प्रदानले सशस्त्र प्रहरी स्वास्थ्य तर्फको कार्यक्षमता र प्रतिष्ठामा थप मजबूती दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस