एसपी-एसएसपीकाे पदस्थापना र सरुवामा को कहाँ पुगे ?
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ जना एसएसपीको सरूवा गरेको छ । साथै, भरखरै बढुवा भएका २५ जना नयाँ एसएसपीको पदस्थापन पनि गरेको छ । १७ जना एसपीको काज सरूवा र ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस गरिएको बताइन्छ । प्रहरी प्रधान कार्यालयले भरखरै गरेको सरूवामा काठमाडौं र ललितपुर परिसरका प्रमुख एसएसपी पनि परेका छन् ।
उनीहरूलाई एक वर्ष पनि काम गर्न नदिई डेढ महिनापछि अवकास हुन लागेका आईजीपी बसन्त कु“वरले आठ महिनामै सरूवा गरेको स्रोतले बताएको छ । जसले गर्दा प्रहरी संगठनमा अस्थिरता बढेको अर्थमा हेरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्व अधिकारीलाई खटाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने एसएसपी रमेश कुमार बस्नेतलाई सरुवा गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौ“मा कार्यरत ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरकी गंगा पन्तलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ ।
प्रधान कार्यालय प्रदेश समन्वय विभागका दीपक कुमार बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत दीपक रेग्मीलाई भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत दीपेन्द्र घर्ती क्षेत्री जीसीलाई भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको बताइन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका नान्तीराज गुरुङलाई कर्णाली प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालयका भूपेन्द्र बहादुर खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा खटाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा तुलसीपुरमा कार्यरत माधव प्रसाद श्रेष्ठलाई भने लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ ।
काठमाडौ“ उपत्यका प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा कार्यरत विनोद घिमिरेलाई काठमाडौ“ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत शेखर खनाललाई काठमाडौ“ उपत्यका प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढीका श्याम कृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा भित्र्याइएको छ । प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगन्ज बाँके)का सजीव शर्मा दासलाई नेपाली राजदूतावास (काउन्सिलर) नयाँ दिल्लीमा सरुवा गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सानुराम भट्टराईलाई भने प्रहरी प्रधान कार्यालय प्रहरी समन्वय महाशाखा नक्सालमा सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखाका सुदर्शन प्रसाद कोइरालालाई लागुऔषध नियन्त्रण ब्युरोमा खटाइएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।
नयाँ एसएसपीहरूको पदस्थापन कहाँ ?
केही दिन अघि मात्रै २५ जना एसएसपीहरूको बढुवा गरिएको थियो । बढुवा भएकाहरुमध्येबाट रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडामा दरबन्दी रहनेगरी प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा काज गरिएको छ ।
यसअघि डीआईजी दान बहादुर कार्कीलाई पनि सचिवालयमा सरूवा गरेर पछि लुम्बिनी प्रदेश प्रमुखमा सरूवा गरिएको थियो । एसएसपीहरूमध्ये अजय केसीलाई साइबर व्युरोमा पदास्थापन गरिएको छ । अनुपम शमसेर जबराको वृत्ति विकास महाशाखा, वीर बहादुर बुढामगरको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा प्रदस्थापन भएको छ ।
नवराज अधिकारीलाई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, कृष्णप्रसाद कोइरालाको सुपरीवेक्षण तथा अनुगमन महाशाखा, होबेन्द्र बोगटीको केन्द्रीय अनुसन्धान विभाग र कृष्णप्रसाद पंगेनीको अपराध अनुसन्धान निर्देशनालयमा पदसथापन गरिएको छ ।
गोविन्द अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विनोद सिलवालको राष्ट्रिय सुरक्षा परिषद, श्याम कुमार महतोको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन भएको छ । बेद विष्टलाई काजमा प्रहरी एकेडेमी, शिव कुमार श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्याल, प्रकाश मल्लको कार्य विभाग र शान्तिराज कोइरालाको मधेश प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । जनार्दन जिसीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, रन्जु सिग्देलको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय र सन्तोष खडकाको विशेष व्युरोमा काज पदस्थापन गरिएको बताइन्छ ।
एसएसपी सन्तोष कुमार भट्टराईको अन्वेषण, योजना तथा विकास निर्देशनालय, राजेन्द्र प्रसाद धमलाको कल्याण महाशाखा, सन्तोष सिंह राठौरको प्रदेश समन्वय विभाग, सञ्जय सिंह थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ । विमलराज क“डेलको प्रदेश कार्यालय पोखरा कास्की, महेन्द्र खड्काको गण्डकी प्रदेश प्रहरी कार्यालय र प्रभू प्रसाद ढकालको कार्य विभागमा काज पदस्थापन गरिएको प्रधान कार्यालयले जानकारी दिएको छ ।
१७ एसपीको सरूवा
प्रहरी प्रधान कार्यालयले पा“च वटा जिल्ला प्रहरी प्रमुखसहित १७ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक कु“वरले ०८१ माघ १२ गतेदेखि हाल सरुवा भएको दरबन्दीबाट तलव र राशन सुविधा पाउने गरी एपसीहरुको सरुवा गरेको बताइन्छ । जसमा ६ जनाले जिल्ला प्रमुखको जिम्मेवारी पाएका छन् ।
यसरी जिम्मेवारी पाउनेहरुमा बारामा सन्तोष तामाङ, पर्सामा गौतम मिश्र र नुवाकोटमा दुर्गाराज रेग्मी रहेका छन् । चितवनमा राजन लिम्बू, इलाममा एकनारायण कोइराला र सिन्धुपाल्चोकमा भने रामेश्वर कार्कीले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाउन सफल भएका छन ।
एसपीका लागि उद्यमी व्यवसायीहरूस“ग सम्बन्ध बढाउने, अतिरिक्त कमाइका साथै काम गरेर देखाउने पर्सा र बारा आकर्षक र कमाउ जिल्ला मानिन्छन् । काठमाडौं परिसरको एसपी अपिलराज बोहरा र ललितपुर परिसरमा भने नरहरि रेग्मीलाई खटाइएको छ ।
बोहरा काबिल एसपी मानिन्छन् । उनी इन्स्पेक्टर र डीएसपी हुँदा काठमाडौंका वृत्त, परिसर र उपत्यका अपराध अनुसन्धानमा बस्दा पनि विवादमा नपरी राम्रो गरेर देखाएका थिए । सरूवा भएका अन्य एसपीहरूमा कमल थापाको पहरा गण सामाखुसी, कुमुद ढुंगेलको सुपरीवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।
ललितपुर परिसरका एसपी नवरत्न पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी शाखामा सरुवा गरिएको छ । प्रजित केसीको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २ त्रिपुरेश्वर, भाग्येन्द्र पुरूष ढकालको काठमाण्डौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा गरिएको छ ।
भावेष रिमालको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, महेन्द्र कुमार श्रेष्ठको काठमाण्डौं उपत्यका प्रहरी शिक्षालय र सुरेश प्रसाद काफ्लेको सर्वाेच्च अदालत र विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथमा सरूवा गरिएको बताइन्छ ।
प्रहरीका एसपी दर्जासम्मको सरूवा गर्ने अधिकार आईजीपीलाई भएपनि गृह सचिव गोकर्णमणि दवाडी, गृह मन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएर ‘राइट मेन राइट प्यालेश’ भन्दा पनि आफू अनुकूल सरूवा गर्न दवाव दिएको गृह स्रोतले दावी गरेको छ । स्रोत भन्छ ‘माथिबाट टिपाएकै सूची अनुसार एसपीको सरूवा भएको छ ।’
३७ डीएसपीको एसपीमा बढुवा सिफारिस
०८१ माघ ११ गते प्रहरीको बढुवा समितिले ३७ जना सिनियर डीएसपीहरूलाई बढुवाका लागि सिफारिस गरेको छ । उनीहरूको कार्यसम्पादन मूल्यांकन, सेवा अवधि, योग्यता र अनुभवका आधारमा बढुवा सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । डीएसपीबाट एसपी बढुवामा सिफारिस हुनेहरूमा कुलदीप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट छन । यस्तै, दीपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सूर्यबहादुर खड्का र दीपक कुमार श्रेष्ठको नाम पनि बढुवाका लागि सिफारिस भएको छ ।
प्रेम बहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, शरद कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराईको नाम पनि बढुवाको लागि सिफारिस गरिएको छ । एसपी बढुवाका लागि सिफारिस भएकाहरूमा रवीन्द्रनाथ पौडेल, दान बहादुर थापा, सुदिपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्याम कुमार सारू मगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिमाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर रहेका छन् ।
प्रहरीको एसपी बढुवामा कार्यसम्पादन मूल्यांकन, सेवा अवधि, योग्यता मूल्यांकनका आधारमा विगतको तुलनामा निष्पक्ष बढुवा गरिएको बताइएको छ । यो बढुवा सिफारिसले प्रहरीमा कार्य मूल्यांकन प्रगति, समर्पण र कार्य निष्ठताको आधारमा अघि बढेका प्रहरी अधिकृतहरूलाई सम्मान दिएको स्रोतको दाबी छ । बढुवा सिफारिससँगै प्रहरी अधिकृतहरूले थप जिम्मेवारी र कार्यक्षेत्रमा कार्य गर्न सक्षम हुने र संगठनको व्यवस्थापन र दक्षता वृद्धि हुने अपेक्षा पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस