पशुपति विकास कोषका नक्कली संचालक, भारतीय दूताबासलाई समेत झुक्याए
काठमाडौं । नक्कलीहरू कतै प्रहरी अधिकृत बनेर, कतै सैनिक अधिकृत त कतै उपसचिव भन्दै विभिन्न ठाउँमा ठगी गर्दैआएका ब्यक्तिहरुका बारेमा समाचार त बारम्बार आई नै रहन्छन् । तर आराध्यदेव पशुपति क्षेत्र विकास कोषको समेत नक्कली संचालक भनेर एकजना ब्यक्तिले धेरै ठाउँमा ढाँटेको तथ्य भेटिएको छ । ती ब्यक्तिले कोषको संचालक भनेर धेरै सरकारी निकायदेखि संघ/संस्था र भारतीय दूताबासलाई समेत गुमराहमा पार्दैआएको पाइएको हाे ।
कृष्णमुरारी पुडासैनी नामक एकजना ब्यक्तिले पशुपति क्षेत्र विकास कोषको संचालक हुँ भन्दै काठमाडाैंस्थित भारतीय दूताबासलाई समेत भ्रममा पारेको प्रमाण फेला परेको छ । निजले विभिन्न निकायमा कहीँ कोषको संचालक त कहीँ काेषकाे मिडिया एडभाइजरको रुपमा चिनाउने गरेकाे स्राेत बताउछ ।
काठमाडाैंस्थित भारतीय दूताबासमा उनले कोषको संचालक समिति सदस्य र मिडिया एडभाइजरको रुपमा चिनाएकै कारण उनलाई तिनै पद उल्लेख गरी ७६औं गणतन्त्र दिवसकाे कार्यक्रमकाे एकै जनालाई २ थान निमन्त्रणा कार्ड पठाएको फेला परेकाे छ ।
कोषकै एक कर्मचारीको प्रश्न छ–राजदूताबासलाई हुँदै नभएको पदमा भएको झुटो जानकारी दिने पुडासैनीमाथि कुन निकायले अनुसन्धान र कारबाही गर्ला ? यसरी निजले कहाँ कहाँ कोषको संचालक भन्दै लाभ लिइरहेका छन् हाेला ?
अनुसन्धानकाे विषय भएकाे छ । आराध्यदेव पशुपतिनाथको नाममा कूटनीतिक नियोगमा समेत झुटो जानकारी कसले दियाे वा पुडासैनी स्वयम् ले झुटाे विवरण दिएर यस्ताे हर्कत गरे ?’
२०८१ माघ १३ गते आइतबार २६ जनवरीका दिन ७६औं भारतीय गणतन्त्र दिवस हो । गणतन्त्र दिवसको दिन काठमाडाैंस्थित भारतीय दूताबासमा हुने कार्यक्रममा पुडासैनीलाई पशुपति विकास कोषको सदस्यका रुपमा एउटा निमन्त्रणा कार्ड पठाइएको छ । भारतको ७६ औं गणतन्त्र दिवसमा उनलाई २ वटा निमन्त्रणा कार्ड पठाइएको छ ।
एउटा कार्डमा कोषको संचालक उल्लेख गरिएको छ भने अर्को कार्डमा कोषको मिडिया एडभाइजर भनिएको छ । कोषको सदस्य र मिडिया एडभाइजर दुबै पद उल्लेख गरी पुडासैनीलाई भारतीय दूताबासले पठाएको निमन्त्रणापत्र समेत साँघुन्यूज डटकमलाई प्राप्त भएको छ ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले कृष्णमुरारी पुडासैनी नामका ब्यक्ति पशुपति विकास कोषको संचालक, मिडिया एडभाइजर वा कर्मचारी हाल नरहेको प्रतिक्रिया दिएका छन् । साँघुन्यूज डटकम संवाददातासँग जोशीले भने–‘कृष्णमुरारी पुडासैनी नामका कुनै पनि ब्यक्ति कोषको कर्मचारी र संचालक रहेकाे छैन् ।’

प्रतिकृया दिनुहोस