प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का
काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताउनुभएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आज हुम्लामा निर्माण हुन लागेको हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् कम्पनीसँग ग्रिड कनेक्सन सम्झौता कार्यक्रममा मन्त्री खड्काले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदै गर्दा सोहीमात्रामा प्रसारण लाइन समेत विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भर्खरै सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माण गर्ने व्यवस्थासमेत गरेको उल्लेख गर्दै मन्त्री खड्काले उक्त व्यवस्थाले आगामी दिनमा उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णालीमा निर्माण गर्न लागेको प्रसारण लाइन तथा सवस्टेशन र निजी क्षेत्रबाट निर्माण हुन लागेको जलविद्युत् केन्द्रले कर्णाली क्षेत्रमा एकैपटक विकासको ढोका खुलेको मन्त्री खड्काले बताउनुभयो ।
“कर्णालीमा जलविद्युत् केन्द्र, प्रसारण लाइन र सवस्टेशन बन्दै गर्दा मोटरबाटोको थप विकास हुँदै जानेछ, यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसले सहयोग पुग्नेछ, कर्णालीवासीको विकासका लागि यो खुसीको कुरा हो”, मन्त्री खड्काले भन्नुभयो । उहाँले सम्झौतालाई कार्यान्वयनमा लैजानेगरी काम गर्न कम्पनी र निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
मन्त्री खड्काले स्रोत माथिको अधिकार सबैमा हुने भएकाले सरकारले गरीब र विपन्न परिवारलाई सहुलियत दरमा न्यूनतम रु दुई लाखदेखि रु पाँच लाखसम्मको जलविद्युत्को शेयर दिनेगरी सरकारले नीतिगत व्यवस्था गरिसकेको बताउनुभयो । ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक जग्गा प्राप्ति, वनलगायतका समस्या समाधान गर्न सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति गठन गरिएको उल्लेख गर्नुभयो ।
मुलुकको आर्थिक विकासका लागि सरकारले ऊर्जा क्षेत्रलाई महत्वका साथ अगाडि बढाएको मन्त्री खड्काले उल्लेख गर्नुभयो । ऊर्जा खपत बढाएर ग्यास, पेट्रोल आयतलाई न्यूनीकरण गर्नेगरी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललगायतले सरकारको लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हुम्लाको कर्णाली नदीदेखि कालीकोटको फुर्कोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको दोधारासम्म प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उक्त प्रसारण लाइनको लम्बाई एक सय ८१ किलोमिटर हुनेछ ।
हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गरेको प्रसारण लाइन तथा सवस्टेशनसम्म जोड्न आज कम्पनीले उक्त जलविद्युत् केन्द्रको लगानीकर्ता कम्पनीसँग सम्झौता गरेको हो । हुम्ला कर्णाली १ र २, रुरु जलविद्युत् परियोजना लिमिटेड तथा तिला–२ ऊर्जा तिला पावर कम्पनी प्रालीले निर्माण गर्न लागेको हो ।
–––

प्रतिकृया दिनुहोस